विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाजको प्रवेशपछि फिलिपिन्स चिन्तित « Khabarhub

विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाजको प्रवेशपछि फिलिपिन्स चिन्तित


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवादित समुद्री क्षेत्रमा चिनियाँ जहाज प्रवेश गरेपछि फिलिपिन्सले चिन्ता व्यक्त गरेको छ । फिलिपिन्सको तट रक्षक बलले विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्र वटा चिनियाँ अनुसन्धान जहाजहरू फेला परेको जनाएको हो ।

चीनले ती जहाजहरु अनुमतिबिना आफ्नो सार्वभौमिकता रहेको समुद्री क्षेत्रमा सञ्चालन गरेको भन्दै तट रक्षक बलले चिन्ता पनि व्यक्त गरेको छ । फिलिपिनी तट रक्षक बलका प्रवक्ता कमोडोर जे टारिएलाले पश्चिमी लुजोन नजिकै चीनले दुई जहाजहरु झुहाइयुन र सियाङ याङ होङ १० सञ्चालन गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, जाम्बालेस क्षेत्रको पश्चिमतर्फ बेइ डियाओ ९९६ नामक अर्को चिनियाँ जहाज पनि सञ्चालन भइरहेको भेटिएको थियो । यी जहाजहरूले समुद्रमा वैज्ञानिक अनुसन्धान (एमएसआर) गरिरहेको आशंका गरिएको छ । इन्क्वायरर डट नेटका अनुसार झुहाइयुन र सियाङ याङ होङ १० नामक जहाजहरु जुलाई २५ मा फिलिपिन्सको जलक्षेत्रमा प्रवेश गरेका थिए ।

बेइ डियाओ ९९६ भने जुलाई २३ मा फिलिपिन्सको जलक्षेत्रमा देखिएको थियो । यी जहाजहरूले अनधिकृत रूपमा समुद्री अनुसन्धान गरेको हुनसक्ने अनुमान गरिएको छ ।

फिलिपिन्सको समुद्री क्षेत्रमा पछिल्लो समय चीनले आफ्नो नौसैनिक गतिविधि बढाइरहेको छ । दक्षिण चीन सागरमा पर्ने यस समुद्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ५० बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव