शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू « Khabarhub

शिक्षा विधेयक स्वीकार्य छैन : कल्पना पनेरू


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आफूहरुको लागि स्वीकार्य नरहेको बताएकी छन् ।  

शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताएकी हुन् ।

उनले शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको र पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आ–आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको जिकिर गरिन् । शिक्षा समितिले विधेयकलाई अघि बढाउदै गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उनको भनाइ छ । 

उनले अस्थायीहरुको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरूलाई स्वीकार्य नरहेको स्पष्ट पारिन् । 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : ५७ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा