आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने « Khabarhub

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित अलराउण्डर आदिल आलमलाई काठमाडौं गोर्खाजले भित्र्याएको छ । सबै ८ वटै फ्रेन्चाइज टोलीले रु १५ लाखको अधिकतम मूल्यमा बोली लगाएपछि अन्ततः लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले आफ्नो टोलीमा भित्र्याएको हो ।

अक्सनमा आदिलको प्रदर्शन र क्षमताप्रति सबै टोलीको चासो उच्च देखिएको थियो। अधिकतम मूल्यको सीमा समान भएकाले नियमअनुसार लक्की ड्र प्रक्रिया अपनाइएको हो। ड्रमा काठमाडौं गोर्खाजको नाम निस्किएपछि उनी टोलीको हिस्सा बनेका हुन्।

यसअघि विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आदिलले आगामी एनपीएलमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।

स्पट फिक्सिङ सम्बन्धी मुद्धाका कारण आदिलले अघिल्लो संस्करणको एनपीएल गुमाएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ३३ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको