आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने « Khabarhub

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित अलराउण्डर आदिल आलमलाई काठमाडौं गोर्खाजले भित्र्याएको छ । सबै ८ वटै फ्रेन्चाइज टोलीले रु १५ लाखको अधिकतम मूल्यमा बोली लगाएपछि अन्ततः लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले आफ्नो टोलीमा भित्र्याएको हो ।

अक्सनमा आदिलको प्रदर्शन र क्षमताप्रति सबै टोलीको चासो उच्च देखिएको थियो। अधिकतम मूल्यको सीमा समान भएकाले नियमअनुसार लक्की ड्र प्रक्रिया अपनाइएको हो। ड्रमा काठमाडौं गोर्खाजको नाम निस्किएपछि उनी टोलीको हिस्सा बनेका हुन्।

यसअघि विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आदिलले आगामी एनपीएलमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।

स्पट फिक्सिङ सम्बन्धी मुद्धाका कारण आदिलले अघिल्लो संस्करणको एनपीएल गुमाएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ३३ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी