आज २०८२ साल भदौ २४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २४ गते मंगलबारको राशिफल


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २४ गते मंगलबार। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ९ तारिख। आज द्वितीया श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन आज सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जटिलता आउन सक्छ। भूमि सम्बन्धी कारोबार गर्दा फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। आम्दानीका बाटा सबल छन् । शिक्षाको क्षेत्रमा लगानी गर्न हिम्मत गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा गडबढी देखिनेछ। राजनीति क्षेत्रमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीकै कारण काम बन्नेछन्। बन्धुसँगको सहकार्यले लाभ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको कामबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारले आम्दानी बढ्नेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सफलता मिल्ने योग छ। पारिवारका सदस्यलाई विश्वास गर्दा व्यापारमा घाटा हुनेछ।

सिंह : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। आफन्त भन्दा बाहिरको व्यक्तिसँग कारोबार गर्नु फाइदा हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। कारोबार गर्दा सचेत हुनुपर्नेछ। राजनीति क्षेत्रमा हात बढाउनु लाभदायी हुनेछ। स्वास्थ्य र शिक्षामा भने ढिलासुस्ती हुनेछ। परिवारमा खटपटी बढ्नेछ।

तुला : दिन सामान्य राम्रो छ। आम्दानीका दृष्टिकोणले आज तपाईंको दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा नाम र दाम दुवै मिल्ने योग रहेको छ। कुरा काट्नेहरु बढ्नेछन्।

वृश्चिक : दिन सामान्य राम्रो छ। राजनीति लाभ मिल्नेछ। शिक्षामा उल्लेखनीय उपलब्धि हात लाग्ने योग छ। सामाजिक जिम्मेवारी थपिनेछन्। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती भएपनि राजनीतिक क्षेत्रमा तपाईंको नाम अघि बढ्नेछ। आर्थिक र पारिवारिक क्षेत्रमा तपार्इं सबल हुने दिन रहेको छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। मित्रले धोका दिनेछन्। थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ। पूर्वको यात्रा कठिन हुनेछ। परिवार र बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत रहेको छ। आफन्तसँगको भेटघाटले व्यस्तता बढे पनि मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

मीन : दिन सामान्य छ। मनमा नराम्रो सोच आउनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। परिवारको साथ लिएर अघि बढ्नुपर्ने देखिन्छ। बिहान उठेर गणेशलाई दुबो अर्पण गरेर अघि बढ्दा दिन सहज हुनेछ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ०१ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना