जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ « Khabarhub

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा भनिएको छ, ‘नेपालमा प्रदर्शनकारीहरूको हत्या एवं घाइते भएकोमा हामी स्तब्ध बनेका छौँ । यसको शीघ्र र पारदर्शी अनुसन्धानको लागि आग्रह गर्दछौँ ।’

सामाजिक सञ्जाल प्लेटफर्ममा नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको रिपोर्ट आफूहरूलाई प्राप्त भएको वक्तव्यमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय प्रवक्ताले भनेकी छन्, ‘सुरक्षा बल र बन्दुकको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गरिनुपर्दछ । हामी सरकारी अधिकारीहरूलाई शान्तिपूर्ण भेला एवं अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र सुनिश्चित गर्न आह्वान गर्दछौँ ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : ३१ बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक