रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा « Khabarhub

रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवामाथि आक्रमण भएको छ ।

जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ निवासमा पसेर आक्रमण गरेको हो ।

बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ४१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२