देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन् « Khabarhub

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको छ।

बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।


पूर्वप्रधानमन्त्री देउवालाई दुईजना आन्दोलनकारीले हात समातेर हिँडाउँदै गरेको दृष्य देखिन्छ । भिडियोमा देउवा रगताम्य छन् ।

अर्को भिडियोमा सभापति देउवा रगताम्य अवस्थामा भुइँमा लडेको देखिन्छन् । आन्दोलनकारी उनलाई उठाउने प्रयास गरिरहेको भिडियोमा हेर्न सकिन्छ ।

एउटाले भन्छ– समातेर पुलिसलाई दिइदेऊ न बरु, कहाँ हस्पिटल लैजाने । लगत्तै अर्को श्वर सुनिन्छ– देखिस् तेरो कारनामा । तेरो छोरा बाहिर घुम्दै, (अपशब्द) नाच्दै …!

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा छ । यो समूहले देउवा निवासमा आगजनी गरिसकेको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ५१ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।