देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन् « Khabarhub

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएको छ।

बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् ।

देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको थियो । मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेर आगो लगाएको थियो ।

कुटपिटपछि उनीहरू दुवैजना रक्ताम्य अवस्थामा देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी राणालाई अपाच्य शब्दमा गाली गरेको सुनिन्छ ।


पूर्वप्रधानमन्त्री देउवालाई दुईजना आन्दोलनकारीले हात समातेर हिँडाउँदै गरेको दृष्य देखिन्छ । भिडियोमा देउवा रगताम्य छन् ।

अर्को भिडियोमा सभापति देउवा रगताम्य अवस्थामा भुइँमा लडेको देखिन्छन् । आन्दोलनकारी उनलाई उठाउने प्रयास गरिरहेको भिडियोमा हेर्न सकिन्छ ।

एउटाले भन्छ– समातेर पुलिसलाई दिइदेऊ न बरु, कहाँ हस्पिटल लैजाने । लगत्तै अर्को श्वर सुनिन्छ– देखिस् तेरो कारनामा । तेरो छोरा बाहिर घुम्दै, (अपशब्द) नाच्दै …!

अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा छ । यो समूहले देउवा निवासमा आगजनी गरिसकेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ५१ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा