सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन « Khabarhub

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ ।

सरकारले गरेको निर्मम दमनपछि जेन-जी आन्दोलन हिंसात्मक हुँदै जाँदा नेपाली सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो ।

केहीबेर अघिमात्रै प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै प्रदर्शनकारीलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरिसकेका छन्‌ ।

प्रदर्शनमा बल प्रयोग नगरेको सेनाले परिचालित भएपछि आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरूमाथि कारबाही थाल्नेछ । सेनाले आफू लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने जानकारी पनि दिएको छ ।

‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन नेपाली सेना पुनः आग्रह गर्दछ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं ।’

सेनाले सबैलाई सहयोगको लागि हार्दिक अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ ।

सेनाको विज्ञप्ति :

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : २५ बजे

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत