इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो « Khabarhub

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।

नोभेम्बर १३ सम्मको खर्च विवरण प्रस्तुत गर्दै पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले युद्धमा भएको खर्चमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानी आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत खर्च भने समावेश नगरिएको बताए।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइका क्रममा उनले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। यो खर्च अगस्ट १ सम्मका लागि अमेरिकी कंग्रेसको बजेट कार्यालयले अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो।

मिलरका अनुसार उक्त रकम हतियार तथा गोलाबारुद, सैन्य उपकरण प्रतिस्थापन र सैन्य कारबाहीमा खर्च भएको हो। तर, क्षतिग्रस्त सैन्य संरचनाको मर्मतसम्भारमा लाग्ने थप खर्चबारे आफूलाई यकिन जानकारी नभएको उनले बताए।

सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष तथा रिपब्लिकन सांसद रोजर विकरले मर्मतसम्भार खर्चको विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसअघि वाल स्ट्रिट जर्नलले पेन्टागनका स्रोतलाई उद्धृत गर्दै मध्यपूर्वमा अमेरिकी सैन्य संरचनामा भएको क्षति मर्मत गर्न पाँचदेखि १५ अर्ब डलरसम्म खर्च लाग्न सक्ने जनाएको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ५९ बजे

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह