राष्ट्रसंघ महासचिवले भने : हमास-इजरायल युद्धविराम ऐतिहासिक अवसर हो « Khabarhub

राष्ट्रसंघ महासचिवले भने : हमास-इजरायल युद्धविराम ऐतिहासिक अवसर हो

'लडाइँ सधैंका लागि रोकिनुपर्छ र अब पीडा अन्त्य हुनुपर्छ'


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीचको युद्धविराम घोषणालाई ऐतिहासिक अवसर भन्दै स्वागत गरेका छन्।

उनले यो सम्झौताबाट मध्यपूर्वमा लामो समयदेखिको युद्ध टुंगिएर दुई राष्ट्र समाधानतर्फको विश्वसनीय राजनीतिक बाटो खोल्ने बताएका छन् । राष्ट्र संघ महासचिवले यो सहमतिलाई प्यालेस्टाइनी भूभागमा इजरायली कब्जा अन्त्य गर्न सहयोग पुर्‍याउने महत्त्वपूर्ण काम भनेका छन् ।

गुटेरेसले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको पनि प्रशंसा गरेका छन् । ‘संयुक्त राष्ट्र संघले अब गाजामा राहत, पुन:र्निर्माण र पुनःस्थापनाका प्रयासलाई अझ तीव्र बनाउनेछ’, उनले भनेका छन् ।

महासचिव गुटेरेसले आफ्नो सन्देश सामाजिक सञ्जाल ‘एक्स’मार्फत् सबै पक्षलाई सम्झौताका सर्त पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

गुटेरेसले भनेका छन्, ‘सबै बन्धकलाई सम्मानपूर्वक मुक्त गर्नुपर्छ। स्थायी युद्धविराम सुनिश्चित गर्नुपर्छ। लडाइँ सधैंका लागि रोकिनुपर्छ। मानवीय सहायता र आवश्यक सामग्रीको तत्काल र अवरोधरहित प्रवेश गाजामा सुनिश्चित गर्नुपर्छ। अब पीडा अन्त्य हुनुपर्छ।’

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : १४ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक