‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’ « Khabarhub

‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली सरकारका अधिकारीले नै हमासको कब्जामा गाजामा रहेका सबै २८ जना मृत बन्धकको शव फेला पार्न सक्ने सम्भावना कमजोर रहेको जनाएका छन्।

सीएनएनसँग कुरा गरेका तीनजना इजरायली अधिकारीले यो गाजामा आक्रमणका क्रममा अधिकांश क्षेत्र ध्वस्त पारिएकाले शव भेट्न मुस्किल पर्ने जानकारी दिएका हुन्।

ती इजरायली अधिकारीका अनुसार ७ देखि १५ जना बन्धकको अवस्थाबारे अझै अज्ञात छ । यो परिस्थितिबीच इजिप्टमा दुवै पक्षबीच युद्धविराम सहमति भइसकेको छ ।

सीएनएनको रिपोर्ट अनुसार, २०२३ अक्टोबर ७ मा २०० भन्दा बढी इजरायलीलाई अपहरण गरेको हमासले अहिले २८ जना मृत बन्धकको अवस्थाबारे ठ्याक्कै जानकारी नभएको विवरण दिएको इजरायली गुप्तचर निकायले जनाएका छन् ।

सीएनएनले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, हराइरहेका बन्धकको संख्या ७ देखि ९ बीचमा हुनसक्छ। जबकि अर्को स्रोतले यो संख्या १० देखि १५ सम्म हुनसक्ने जनाएको छ।

स्रोतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारले महिनौं अघि नै हमासलाई सबै मृत बन्धकको अवस्थाबारे जानकारी नभएको थाहा भएको उल्लेख गरेका छन्।

यो अवस्थाले युद्धविराम सम्झौतामा ढिलाइ ल्याउन सक्ने सम्भावनाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवैबीच शान्तिका लागि सहमति भएको घोषणा गरेका छन् । एक इजरायली स्रोतका अनुसार बन्धक चाहे मृत वा जीवित, सबैलाई फिर्ता गरिने अपेक्षा नेतन्याहू सरकारले गरेको छ।

यो विषयलाई नेतन्याहूले युद्धविराम सम्झौता विफल पार्न प्रयोग गर्न सक्ने भए पनि अमेरिकी राष्ट्रपति ट्रम्प लगायतको दबाब उनीमाथि थियो । तर चर्को दबाबमा रहेका नेतन्याहूले यो मुद्दालाई सम्झौता भत्काउने कारण बनाउने सम्भावना कम रहेको सीएनएनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ३६ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन