‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’ « Khabarhub

‘ध्वस्त पारिएको गाजामा हमासले सबै २८ बन्धकको शव फेला पार्न मुस्किल’


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली सरकारका अधिकारीले नै हमासको कब्जामा गाजामा रहेका सबै २८ जना मृत बन्धकको शव फेला पार्न सक्ने सम्भावना कमजोर रहेको जनाएका छन्।

सीएनएनसँग कुरा गरेका तीनजना इजरायली अधिकारीले यो गाजामा आक्रमणका क्रममा अधिकांश क्षेत्र ध्वस्त पारिएकाले शव भेट्न मुस्किल पर्ने जानकारी दिएका हुन्।

ती इजरायली अधिकारीका अनुसार ७ देखि १५ जना बन्धकको अवस्थाबारे अझै अज्ञात छ । यो परिस्थितिबीच इजिप्टमा दुवै पक्षबीच युद्धविराम सहमति भइसकेको छ ।

सीएनएनको रिपोर्ट अनुसार, २०२३ अक्टोबर ७ मा २०० भन्दा बढी इजरायलीलाई अपहरण गरेको हमासले अहिले २८ जना मृत बन्धकको अवस्थाबारे ठ्याक्कै जानकारी नभएको विवरण दिएको इजरायली गुप्तचर निकायले जनाएका छन् ।

सीएनएनले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, हराइरहेका बन्धकको संख्या ७ देखि ९ बीचमा हुनसक्छ। जबकि अर्को स्रोतले यो संख्या १० देखि १५ सम्म हुनसक्ने जनाएको छ।

स्रोतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारले महिनौं अघि नै हमासलाई सबै मृत बन्धकको अवस्थाबारे जानकारी नभएको थाहा भएको उल्लेख गरेका छन्।

यो अवस्थाले युद्धविराम सम्झौतामा ढिलाइ ल्याउन सक्ने सम्भावनाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवैबीच शान्तिका लागि सहमति भएको घोषणा गरेका छन् । एक इजरायली स्रोतका अनुसार बन्धक चाहे मृत वा जीवित, सबैलाई फिर्ता गरिने अपेक्षा नेतन्याहू सरकारले गरेको छ।

यो विषयलाई नेतन्याहूले युद्धविराम सम्झौता विफल पार्न प्रयोग गर्न सक्ने भए पनि अमेरिकी राष्ट्रपति ट्रम्प लगायतको दबाब उनीमाथि थियो । तर चर्को दबाबमा रहेका नेतन्याहूले यो मुद्दालाई सम्झौता भत्काउने कारण बनाउने सम्भावना कम रहेको सीएनएनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ३६ बजे

जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

बनियानी–  जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा