जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी | Khabarhub Khabarhub

जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको हो ।

निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को सङ्ख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ०९ बजे

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज