कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा, फिल्डमा दीपेन्द्रको दबदबा « Khabarhub

कुवेतविरुद्धः कुशल र गुल्शनको ब्याट चल्दा, फिल्डमा दीपेन्द्रको दबदबा


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धाको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ शानदार जित निकाल्दा नेपालले ब्याट, बल र फिल्ड सबैतिर उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।

१४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई १८.१ ओभरमा ८३ रनमा अलआउट गर्दा नेपालको खेल प्रशंसा योग्य बनेको हो । नेपालविरुद्ध कुवेतका तीनबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कठिन मैदानमा ओपनर कुशल भुर्तेलको सुझबुझपूर्ण ब्याटिङमा गुल्सन झाले साथ दिँदा खेल रोचक बनेको थियो । अन्तिम ओभरसम्म टिकेर खेलेका कुशलले ५६ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाए ।

अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै गुल्शन झाले ६ बलको सामना गर्दा तीन छक्का प्रहार गर्दै २० रन बनाएर कुवेतमाथि नेपाको दबदबा पेश गरे । कुवेतविरुद्ध दीपेन्द्रको २० रन जोड्दा कप्तान रोहित पौडेलको १६ रनको योगदान दिए । खराब सुरुवात गरेको नेपालले पूरै २० ओभर खेल्दा १४१ रन बनाउँदै सम्मानजनक योगफल खडा गरेको हो ।

मैदानमा दीपेन्द्र ऐरीको रन जोड्न दौडिने शैलीको चर्चा कमेन्टेटरले नेपालीको मन छुने शैलीमै गर्दै थिए । ऐरीले कुवेतका क्लिन्टो एन्टोलाई रन आउट गरेको दृश्यको वर्णनमा कमेन्टेटरले भने, ‘दीपेन्द्रले जे छुन्छन् त्यो सुन हुन्छ ।’ त्यसपछिको उनको सेलिब्रेसनले सामाजिक सञ्जाल तातेको छ ।

१४२ रनको लक्ष्य पछ्याएको कुवेतविरुद्ध सुरुकै ओभरमा विकेट लिएर सोमपाल कामीले नेपाली फ्यानलाई खुशी दिएका थिए । पहिलो विकेटले नेपाली खेलाडीमा उत्साह थपिएको थियो । नन्दन यादवको अर्को विकेटले नेपाल खेलमा फर्किएको थियो ।

सन्दीप लामिछानेले दुई ओभर बलिङ गर्दा धेरै रन खाएपछि नेपाली फ्यान निराश बनेका थिए । रोहितले केही ब्रेक दिएर सन्दीपलाई फेरि बल दिँदा मेडनसहित दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २२ रन खर्चिएर एक मेडनसहित २२ रन खर्चिए ।

कसिलो बलिङ गरेका ललित राजवंशीले चार ओभरमा १७ रन खर्चिएर दुई विकेट हात पार्दा कप्तान रोहित पौडेलले दुई ओभर बलिङ गर्दा मात्र ९ रन दिएर दुई विकेट हात पारे ।

सम्हालिएर ब्याटिङ गर्दै शानदार अर्धशतक बनाएका कुशलले बलिङ र फिल्डिङमासमेत उत्कृष्ट प्रदर्शन गरे । उनले एक ओभर एक बल बलिङ गर्दा ६ रन दिएर एक विकेट निकाले । नन्दन यादवले दुई ओभर बलिङ गर्दा ११ रन खर्चिएर एक विकेट झारे ।

नेपाल टी–२० विश्वकपमा प्रवेश गर्न एक खेल टाढा छ । कुवेतमाथिको शानदार जितसँगै नेपालको विश्वकप प्रवेश गर्ने ढोका खुलेको छ । शुक्रबार जापानमाथि जित निकाल्दै नेपाल विश्वकप खेल्न चाहन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ३४ बजे

मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क

कान्सास सिटी– डिफेन्डिङ विश्व विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मंगलबार

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी

‘बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ’

काठमाडौं– सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने

प्रदीप ज्ञवालीको टिप्पणी : मुलुक गम्भीर भूराजनीतिक संकटतिर जाँदैछ, प्रधानमन्त्री जिस्किँदै बसेका छन्

काठमाडौं- नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख राजनीतिक दलहरू आन्तरिक