बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू  « Khabarhub

बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ फेरि क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनमा पुगेका छन् । 

घिसिङले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाक्षेत्र चौकीडाँडाबाट सडक पुनर्स्थापनाको निरीक्षण गरे । घिसिङले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्र बनाउन पनि निर्देशन दिएका छन् ।

बाढी-पहिरोले क्षतविक्षत सडकको मर्मतको प्रगति हेर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे पुगेका हुन् ।

त्यसक्रममा नमोबुद्धका मेयर कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाढी पहिरोले सडक कटान गर्दा आएको समस्या सुनाएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ११ : १९ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख