बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू  « Khabarhub

बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा मन्त्री कुलमानले भने- असोज २४ सम्म ट्रयाक खोलिसक्नू 


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ फेरि क्षतिग्रस्त बीपी राजमार्ग अवलोकनमा पुगेका छन् । 

घिसिङले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाक्षेत्र चौकीडाँडाबाट सडक पुनर्स्थापनाको निरीक्षण गरे । घिसिङले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्र बनाउन पनि निर्देशन दिएका छन् ।

बाढी-पहिरोले क्षतविक्षत सडकको मर्मतको प्रगति हेर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे पुगेका हुन् ।

त्यसक्रममा नमोबुद्धका मेयर कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाढी पहिरोले सडक कटान गर्दा आएको समस्या सुनाएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ११ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया