विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया « Khabarhub

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
 
अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार दिवसको सन्दर्भ पारेर बुधबार शल्यक्रिया गरी आज बिहान आँखाको पट्टी खोलिएको हो । वृद्धाहरुलाई आवाजावतदेखि खानपान र शल्यक्रियासम्म सबै छुट दिइएको हो । 

अस्पतालले आज बिहान आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठ, उपसभापति जेतेन्द्र खड्का, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा इश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल लगायतले समयमा उपचार पाएमा अन्धो हुनबाट बच्न सकिने भन्दै यस अवसरमा जनचेतना जगाउनुपर्नेमा जोड दिएका थिए । 
 
विश्व दृष्टि दिवसमा ४४ प्रहरीको आँखा परीक्षण
 
विश्व दृष्टि दिवसको अवसरमा भरतपुर आँखा अस्पताल ठोरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क आँखा परीक्षण गरिएको छ । सो अवसरमा ४४ प्रहरीहरूको आँखा परीक्षण गरिएको हो । आँखा परीक्षणका क्रममा २४ जनालाई औषधि र सात जनालाई चस्मा निःशुल्क वितरण गरिएको छ । रासस

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १२ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया