काठमाडौं– एमाले नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठ र राजिब खत्रीले गुण्डुको अपव्याख्या गरेको बताए । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले ती पत्रकारहरूले सो ठाउँको अपव्याख्या गरेको बताएका हुन् ।
उनले गुण्डु नाम रहनुको कारण गुन्डुका मान्छेको गुन रहेको समेत उनले बताए ।
गुण्डु भनेको भक्तपुर नगरपालिका भित्रका नेवार समुदायहरू खेतीपाती गर्न आउँदा यहाँ विशेष गरेर राज्य एकीकरण पछाडि पृथ्वीनारायण शाहको बसोबास भएको ठाउँ हो त्यतिबेलादेखि यहाँ बसोबास सुरु भएको हो’, उनले भने, ‘यहाँ आउने क्रममा यहाँका जनताले गरेको स्वागत सत्कार, खानपिन, पानीको व्यवस्थापन लगायतबाट प्रभावित भएर थनमनुया गुनडु यहाँका मान्छेहरूमा साह्रै राम्रो गुन छ भनेर यो ठाउँको नाम गुन्डु रहेको हो ।’
प्रतिक्रिया