बलिउड फेरि बेलायत फर्किँदै, प्रधानमन्त्री स्टार्मर र यशराज फिल्म्सबीच नयाँ सहकार्य हुँदै « Khabarhub

बलिउड फेरि बेलायत फर्किँदै, प्रधानमन्त्री स्टार्मर र यशराज फिल्म्सबीच नयाँ सहकार्य हुँदै


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री किअर स्टार्मर बुधबार मुम्बईस्थित प्रसिद्ध यशराज फिल्म्स स्टुडियो पुगेका थिए। त्यहाँ उनले बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीसँग विशेष भेटघाट गरेका छन्।

स्टुडियो भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले रानी मुखर्जी र यशराज फिल्म्सका सीईओ अक्षय विधानीसँगै बसेर एउटा फिल्म पनि हेरेका थिए। सो अवसरमा उनले चलचित्र निर्माणको प्रक्रियाबारे जानकारी लिँदै, भारत–बेलायतबीच फिल्म उद्योगमा सहकार्यका नयाँ सम्भावनाबारे पनि छलफल गरेका थिए।

प्रधानमन्त्री स्टार्मरलाई रानी मुखर्जीसँगै स्टुडियोको परिसर भ्रमण गराइएको थियो, जहाँ उनले बलिउडको प्राविधिक दक्षता र सिर्जनात्मक क्षमताको प्रशंसा गरेका थिए। स्वर्गीय निर्देशक यश चोपड़ाद्वारा स्थापित यो प्रतिष्ठित प्रोडक्शन हाउसले आगामी २०२५ अक्टोबर १२ मा आफ्नो भारतस्थित २०औँ वार्षिकोत्सव मनाउने तयारीमा छ। यही अवसरलाई लक्षित गर्दै बेलायत र भारतबीच चलचित्र सहकार्यको नयाँ युग सुरु हुने प्रधानमन्त्री स्टार्मरले बताएका छन्।

उनका अनुसार, यशराज फिल्म्स र बेलायती सरकारबीचको यो सहकार्यले ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्नेछ र बेलायती अर्थतन्त्रमा लाखौँ पाउन्डको योगदान पुर्‍याउनेछ। 

प्रधानमन्त्री स्टार्मरको भ्रमणमा बेलायतका चलचित्र उद्योगका ठूला प्रतिनिधिहरू पनि सहभागी थिए । ब्रिटिश फिल्म इन्स्टिच्युट, ब्रिटिश फिल्म कमिसन, पाइनवुड स्टुडियो, एल्स्ट्री स्टुडियो, र सिभिक स्टुडियोका अधिकारीहरू सहित।

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री किअर स्टार्मरले यस सहकार्यलाई ‘संस्कृति र अर्थतन्त्रको मिलन बिन्दु’ भन्दै यसले भारत–बेलायत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १ : ४९ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक