पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने « Khabarhub

पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो ।

गत भाद्र ६ मा पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६८५ बिरामी भएका छन् । 

‘हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२’ का बारेमा आज आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले यही २०८२ असोज–कात्तिक महिनामा खोप अभियान सञ्चालन हुने जानकारी गराए। सो अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि सुरु भई तिहारअघि सम्पन्न गर्ने महाशाखाको योजना छ ।

सो खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरेको जनाएको छ ।

निर्देशक लालकाअनुसार यस अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइने छ । प्रतिकार्य स्वरुप सञ्चालन गरिन लागेको हैजा विरुद्धको खोप यस अभियानमा एक पटक दिइनेछ । यो खोप मुखबाट खुवाइने खोप हो र यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।

यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्दछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : १७ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख