बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू) « Khabarhub

बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू)


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोशी खोलामा आएको बाढीका कारण १६ ठाउँमा क्षतिग्रस्त बनेको बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।

क्षतिग्रस्त सडकमध्ये नौँ ठाउँमा करिब १ हजार ८ सय ४५ मिटर मर्मत सम्भार सम्पन्न भइसकेको छ । बाँकी सात स्थानमा करिब १ हजार ९ सय ९७ मिटरमा डाइभर्सन निर्माण लगायत मर्मतको काम भइरहेको विभागले जनाएको हो ।

‘बाढीले क्षति पुर्‍याएको कुल ३ हजार ८ सय ४२ मिटर सडक हो, यसमध्ये डालाबेँसी ५ सय मिटर,  कालढुंगा ४ सय १०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर,  चौकीडाँडामा ३ सय ७५ मिटर र दाप्चा पुलमा ८० मिटर सडकमा काम सकिएको छ,’ सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

त्यस्तै बाँकी सात स्थान — माम्तीमा ४ सय मिटर, लोअर पिप्ले २ सय २० मिटर , अपर पिप्ले २ सय २० मिटर बोक्सीकुना २ सय,  चिउसीवास १ सय २० मिटर  र चार सय बेँसीमा ३ सय मिटर, अपर माम्ती २ सय ३५ मिटर सडक खण्डमा अहिले अस्थायी डाइभर्सन निर्माणको काम आजै सम्पन्न गर्ने गरी काम भइरहेको नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।

उपत्यकालाई देशका पूर्वी जिल्लाहरूसँग जोड्ने लाइफलाइनका रूपमा रहेको उक्त राजमार्ग जतिसक्दो छिटो सुचारु गर्न नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ बिहीबार दिउँसो स्थलगत अनुगमनका लागि त्यहाँ पुगेर थिए ।

गत वर्ष असोज ११ र १२ गरेको बाढीले क्षति पुर्‍याएको सडकमा निर्माण गरिएको डाइभर्सन यस वर्ष बाढीले बगाउँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

सडक डिभिजन कार्यालयको लगानीको बनेको उक्त अस्थायी डाइभर्सन रोशी खोलाको बाढीले बगाउँदा करिब ३ करोड बराबरको क्षति पुगेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

 हाल सडक मर्मत तथा पुनर्निर्माणका लागि कुल १६/१७ वटा उपकरणहरू परिचालनमा रहेको छ ।

त्यस्तै प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्ती सम्मको डाइभर्सन भने भोलिसम्म सम्पन्न गरी राजमार्ग पूर्ण रूपमा संचालन हुने नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टको भनाई छ ।

खोलामा पानीको बहाव कायम नै रहेका कारण काम गर्न केही कठिनाइ रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : ४९ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको