सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू | Khabarhub Khabarhub

सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बेलग्रेड– महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिक रूपमा लागू भएको छ । यो कम्पनी देशको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडाइ गर्न अमेरिकाले सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा केही समय ढिलाइ भएको थियो ।

कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्ण रूपमा लागू भएको हो । 

एनआइएसले भनेको छ, ‘हामी यो अवस्थाबाट पार पाउन प्रयासरत छौँ र अमेरिकी अर्थ मन्त्रालयसँग मिलेर प्रतिबन्ध सूचीबाट हट्ने पहल गर्दैछौँ ।’

कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पहरूमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ ।

राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताएका थिए । उनका अनुसार यसको सबैभन्दा पहिले असर बैंकिङ क्षेत्रमा देखिनेछ । उनले भनेका थिए, ‘संसारमा कुनै पनि बैंक अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन ।’

एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पहरूले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्नेछन् । विदेशी भुक्तानी कार्डहरूले ‘काम गर्न बन्द गर्ने’ अपेक्षा गरिएको छ ।

राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयरधनीहरूको सम्भावित विनिवेशबारे पनि वार्ता भइरहेको जानकारी दिए ।

बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ । 

उनका अनुसार वित्तीय संस्थाहरूले एनआइएससँग सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्नेछ, अन्यथा प्रतिबन्धित निकायसँग कारोबार गरेको बैंकको सूचीमा पर्ने जोखिम रहन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ३ : ५१ बजे

प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका

निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो

काठमाडौं – काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट

आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचनसम्बन्धमा जानकारी

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१

मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बिहीबारबाट सुरु भएको छ