सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल « Khabarhub

सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।  

आजको छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो । 

समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए। 

बैठकमा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ४ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया