सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल « Khabarhub

सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालद्वारा छलफल


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।  

आजको छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो । 

समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए। 

बैठकमा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : ५५ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख