राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध मुद्दा दायर « Khabarhub

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध मुद्दा दायर


२३ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसमेतले प्रतिष्ठानका लागि ‘एमआरआई’ मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोरेको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपछि आरोपितविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

तत्कालीन उपकुलपति भण्डारीसमेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बदनियतपूर्ण ढङ्गले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नबनाई बजेट मााग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले भण्डारीविरुद्ध १२ करोड सात लाख ६० हजार ९४५ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो । सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने अध्यक्ष पोस्टराज ज्ञवालीसहितलाई रु १२ करोड सात लाख ६० हजार ९४६ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ५ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया