दीपक बोहोराले भने : कसैसँग पदको कुरा भएकाे छैन, मिडियामा कथा जोड्न छाडौं « Khabarhub

दीपक बोहोराले भने : कसैसँग पदको कुरा भएकाे छैन, मिडियामा कथा जोड्न छाडौं


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य दीपक बोहोराले पार्टीभित्रका संवाद र मिडियामा आएका रिपोर्टहरूबारे स्पष्ट पार्दै कुनै व्यक्ति वा दलसँग पद वा भूमिकासम्बन्धी छलफल नभएको बताएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “निकै अघिदेखि सीके राउतदेखि गोपी हमाललगायत नयाँ राजनीतिक शक्ति र समूहहरूसँग संवाद भइरहेको छ। बालेन र कुलमानहरूसँग त पार्टी गठन हुनु अगाडिदेखि नै कुरा चल्दै आएको हो। तर कुनै पनि व्यक्ति वा दलसँग पद वा भूमिकाको बारेमा कुरा भएको छैन।”

उनले जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्ति र व्यक्तिहरूसँग संवादका लागि कार्यदल नै गठन गरिएको बताए। बोहोराको भनाइमा, “समाचार बन्ने भए तथ्य यही हो, बाँकी कथा–कहानी जोड्नु नपरोस्।”

पार्टीभित्रका आधिकारिक पदाधिकारी र प्रवक्तालाई जानकारी नदिई मिडियामा हतारमा निष्कर्ष निकाल्ने प्रवृत्तिप्रति उनले असन्तोष जनाएका छन्। बोहोराले लेखेका छन्, “पार्टीमा पदाधिकारी छन्, प्रवक्ता र सहप्रवक्ता छन्। कसैलाई नसोधी मिडिया ट्रायल गर्न मिल्दैन।”

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ०३ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा