आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचनसम्बन्धमा जानकारी « Khabarhub

आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचनसम्बन्धमा जानकारी


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१ गने हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकरी गराएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको प्रतिनिधि मण्डलले आज राष्ट्रपति पौडेलसँग भेट गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने भावी कार्यक्रमको सम्बन्धमा जानकारी गराएका हुन् ।

त्यस अवसरमा राष्ट्रपतिलाई आयोगको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरिएको जानकारी गराइएको थियो ।

साथै मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन र जनशक्ति प्राप्त हुने तथा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको पनि उल्लेख गरिएको थियो । निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनीक विषयलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको आयोगको भनाइ थियो ।

निकट भविष्यमा राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय गरेको, संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सञ्चालन रहेको लगायतका विषय जानकारी गराइएको थियो ।

उक्त अवसरमा राष्ट्रपतिबाट आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्ययोजना बमोजिम आगामी दिनमा सम्पन्न गर्नुपर्ने निर्वाचन आचारसंहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, सो उपर छानबिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदानलगायत निर्वाचन कार्यक्रम राजनीतिक दल र सरोकारवालाहरूसँगको परामर्शमा तयार गरिने जानकारी गराएको छ भने निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रम समयमा नै सम्पन्न हुने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : १२ बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६