स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित « Khabarhub

स्पेनिस ला लिगा : स्प्यान्योलमाथि भिल्लारियलको जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले स्प्यान्योललाई हराएको छ । गएराति भएको खेलमा स्प्यान्योललाई २–० गोलले हराउँदै भिल्लारियलले सहज जित निकालेको हो ।

भिल्लारियलका लागि जेरार्ड मोरेनो र अल्बेर्टो मोलेइरोले एक–एक गोल गरेका थिए । जेरार्र्डले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५७औ मिनेटमा अल्बेर्टोले गोल गरेसँगै भिल्लारियल २–० गोलले विजयी भएको हो ।

यो जितसँगै भिल्लारियल १२ खेलबाट २६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको स्प्यान्योल समान खेलबाट १८ अंकसहित छैटौँ स्थानमा छ । पहिलो स्थानमा रहेको रियल मड्रिडको ३० अंक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : ३७ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु