साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान « Khabarhub

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अल नासरले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ४८ औं मिनेटमा रोनाल्डोको फ्रि किकमा एन्जेलोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका हुन्। नासरले ६५ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे।

खेलको ८४ औं मिनेटमा अहमद अब्दोले गोल गर्दै निओमलाई कमब्याकको अवसर दिए। तर खेलको ८६ औं मिनेटमा नासरका लागि जोआओ फेलिक्सले गोल गर्दै ३–१ को स्पष्ट जित दिलाएका हुन्।

यो जितसँगै रोनासल्डोले साउदी प्रो लिगमा सयौं गोलको रेकर्ड बनाएका छन्। उनले ८५ खेलमा ८३ गोल गर्दा १७ असिस्ट गरेका हुन्। यो उपलब्धि अल नासरका लागि कुनै खेलाडी हात पारेका छैनन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व