बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति | Khabarhub Khabarhub

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।

सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ । 

जिल्लागत रूपमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ, उदयपुरमा चार करोड रुपैयाँ, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार रुपैयाँ, इलाममा तीन करोड २१ लाख ४१ हजार रुपैयाँ, पाँचथरमा एक करोड २२ लाख १७ हजार रुपैयाँ, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार रुपैयाँ, धनकुटामा एक करोड ३९ लाख ४० हजार रुपैयाँ, तेह्रथुममा एक करोड ३३ लाख २० हजार रुपैयाँ, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार रुपैयाँ, खोटाङमा एक करोड ६१ लाख १० हजार रुपैयाँ, ओखलुढुङ्गामा ६८ लाख दुई हजार रुपैयाँ, सोलुखुम्बुमा १४ लाख ६६ हजार रुपैयाँ र सङ्खुवासभामा एक करोड ११ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ४६ बजे

अवैध लागूऔषध गाँजासहित श्रीलंकन नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय