सडकको कालोपत्र र ढलान सुरु « Khabarhub

सडकको कालोपत्र र ढलान सुरु


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्ने गरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ । 

साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो ।नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने वडा नं ६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ । 

यस्तै, नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धविहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि  नगरपालिकाको कार्यालयसम्मको सडक कालोपत्र र देउरालीचोकसम्मको सडक ढलान गर्ने तयारी थालिएको छ । 

यस्तै, नगरपालिकाले बागलुङ बजारका सबै खाल्डाखुल्डी पुर्नका लागि सडक कालोपत्र गर्ने कामसँगै अघि बढाएको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए । 

नगरपालिकाले रु एक करोड आठ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रका खाल्डाखुल्डी मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टाछुट्टै सडक कालोपत्र तथा ढलान गर्न थालेको हो । विसं २०८२ वैशाखमा लीला निर्माण सेवासँग नगरपालिकाले यही कात्तिक मसान्तभित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो । 

असारअघि नै कालोपत्रको तयारी थाले पनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्डाखुल्डी परेकाले यही ठेक्कामार्फत खाल्डाखुल्डीमा कालोपत्र गर्ने कार्य गरिनेछ । 

नगरपालिकाले बजार क्षेत्रमा बर्सेनि रु एक करोड माथिको लागतमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा बर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखि नै यही वर्षमा काम गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए  ।  रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : २० बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा