एनओ अमेरिकी समितिमा नयाँ नेतृत्व « Khabarhub

एनओ अमेरिकी समितिमा नयाँ नेतृत्व


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । 

अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा डा सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन गरेको एनएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले जानकारी दिए । 
 
अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद्राज आरणले सो सम्मेलनको उद्घाटन गर्दै नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिन सक्ने बताउँदै संसारभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरूलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखे । 

उनले संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरूलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावासले छलफल गर्ने र एएनओका मागलाई नेपाल सरकारसमक्ष पुर्‍याउने बताए । 

एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसलाई नेपाल सरकारले नेपाली पहिचान दिनुपर्ने माग गरे । 

उनले विदेशी भएर नभई पुस्तौँअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिस नेपाली जातिकै प्रतिनिधिका रूपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार रहेको र नेपाल सरकार आफ्नै सन्ततिलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखे । 

सो अवसरमा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्य दूत एवं एएनओका केन्द्रीय सदस्य डा दामोदर पौडेलले नेपाली जातिका मानिसलाई नेपालसँग जोड्ने एएनओको अभियानले पछिल्ला दिनमा तीव्रता पाएकाले यस अभियानमार्फत नेपाली ओरिजिनले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे । 

एनएनओका अन्तरराष्ट्रिय बोर्ड अफ ट्रष्टी ओमराज गुरुङ र महासचिव चूडामणि भट्टराईले अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिका रूपमा भाग लिएका सामाजिक कार्यकर्तालाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी दिए  । 

नेपालीको उपस्थिति रहेको सो सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनीता पुरी राईलाई एएनओ र उक्त फाउण्डेसनका तर्फबाट सम्मान प्रदान गरिएको थियो । रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १२ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन