भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री « Khabarhub

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा प्रवेश गर्ने भएकी छन्। सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्न लागेको उनले जानकारी दिएकी हुन् ।

झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफ्नो निर्णयको संकेत दिएकी हुन्। उनले लेखेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

उनको यो अभिव्यक्तिलाई एमालेमा पुनः फर्कने तयारीको खुला घोषणा रूपमा लिइएको छ। नेकपा एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्न लागेको छ। सो कार्यक्रमकै अवसरमा झाँक्रीलगायत केही नेताहरू पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेका थिए। माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट देखिएकी थिइन्। हाल उनले पुनः ओली नेतृत्वको एमालेमा फर्किने तयारी गरेकी हुन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल