सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन « Khabarhub

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसँग मध्यमार्गी प्रस्ताव राखेका थिए। २८ किस्ताको एक किस्ता ‘धरौटी’का रूपमा बुझाउने र पुनरवलोकनका लागि जाने तथा उद्योगमा लाइन जोड्ने सहमति भएको थियो। तर, धरौटी तिर्न आएका उद्योगीलाई प्राधिकरणले किस्ता नै भनेको र धरौटी नचिन्ने बताएपछि ११ उद्योगमा अझै लाइन जोडिएको छैन। उक्त प्रस्तावमा ऊर्जा मन्त्रालयले प्राधिकरणलाई कुनै पत्र नपठाएपछि प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएको हो।

पत्रमा भनिएको छ, ‘उद्योगी व्यवसायीहरूले डेडिकेटेड ट्रान्समिसन लाइनको महत्त्वपूर्ण शुल्कसम्बन्धी गुनासोहरू उठाएको सम्बन्धमा २०८२ कात्तिक १९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलका निष्कर्षअनुसार आवश्यक सहजीकरणका लागि अनुरोध गरिएको छ।’

यस विषयमा नेपाल विद्युत् प्राधिकरण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघलगायत सम्बन्धित निकायबीच समन्वय गरी समस्या समाधानको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन