विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल « Khabarhub

विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताको मताधिका सुरक्षित गर्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ।

आइतबार गृह मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा नयाँ प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सजगता, कानुनी चुनौती र गर्नुपर्ने कानुनी प्रावधानको उपायबारे ‘नेपाल पोलिसी इन्स्टिच्युट’का विषयविज्ञबीच छलफल भएको हो।

‘नयाँ प्रविधिमार्फत नेपालमै बसोबास गर्ने र विदेशमासमेत रहेका नेपाली सम्पूर्ण नागरिकलाई मतादान गर्ने सुनिश्चितता गर्न यो सरकार दत्तचित्त भएर लागिपरेको छ,’गृहमन्त्री ओम प्रकाश अर्यालले छलफलमा भने।

मन्त्री अर्यालले अझै विषय विज्ञहरूसँग विभिन्न प्रविधिअन्तर्गत पनि कुन चाहिँ प्रविधि बढी भरपर्दो, सुरक्षित र विश्वसनीय हुने भन्नेबारे छलफल हुने बताए। यो नै प्रविधि लागू गर्ने भन्नेबारे अझै छलफल बाँकी रहेको उनको भनाइ छ।

सोही कार्यक्रममा बोल्दै, पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार देशका आएको परिवर्तन र जेनजीको जनभावना अनुसार अव सरकार र निर्वाचन आयोग र कानुन मन्त्रालयले कसरी देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिक र युवालाई मतदानमा सहभागीताको सुनिश्चितताका लागि पनि यो ‘नागरिक सरकार’ ले नयाँ प्रविधि मार्फत चुनावको वातावरणमा जाने पर्ने हुन्छ।

सोही कार्यक्रममा बोल्नु हुँदै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले यो सरकारको गठन र आदेश देशमा आमूल परिवर्तनको आभास सबै नागरिक समक्ष पुग्नु पर्ने कुरा बताउँदै मन्त्रालयले प्रविधिको प्रयोगलाई नागरिक मैत्री बनाउँदै निर्वाचनसँग प्रविधिलाई जोडी नागरिकमा यसको सही र सुरक्षित प्रयोगबारे जनचेतना जगाउनुका साथै सरोकारवालासँग छलफल गर्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा पोलिसी इन्स्टिच्युटका तर्फबाट खगेन्द्र ढकालले कुन-कुन प्रविधिमार्फत कसरी विदेशमासमेत रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिन सकिन्छ भन्ने बारे प्रस्तुति दिएका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले