जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी « Khabarhub

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनको भनाई थियो।

नेता चौधरीले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागू गर्दै अघि बढ्ने बताए। जनताले गरेका इच्छा, आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ।

उनले भने, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य हो। राजनीतिमा परिवार भन्ने हुँदैन। पहिला जनता र त्यसपछि देश हुन्छ। देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो। परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो। राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो। लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो। जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ। ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डीपीआर खडा गर्न बाध्य बनायो।’

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताए।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४१ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव