जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी « Khabarhub

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनको भनाई थियो।

नेता चौधरीले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागू गर्दै अघि बढ्ने बताए। जनताले गरेका इच्छा, आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ।

उनले भने, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य हो। राजनीतिमा परिवार भन्ने हुँदैन। पहिला जनता र त्यसपछि देश हुन्छ। देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो। परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो। राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो। लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो। जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ। ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डीपीआर खडा गर्न बाध्य बनायो।’

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताए।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४१ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार