मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ « Khabarhub

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले माग गरेका छन्।

प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्।

यही कात्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका थिए।

सो अवस्थामा धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रकृया अगाडि बढाउन आह्वान गर्न दलहरुले माग गरेका छन्।

पत्रमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा माओवादी केन्द्रसंसदीय दलका नेता भरतकुमार साह, जनमत पार्टीका महेशकुमार यादव, जसपा नेपालका सरोज कुमार यादव, लोसपा नेपालका जैनुल राईन, नेकपा एकीकृत समाजवादी का गोविन्द बहादुर न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका उर्मिलादेवी सिंहले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखलाई बुझाइएको हो।

यसअघि यहाँ एमाले र कांग्रेसले गठबन्धन गरेर सरकार गठनको प्रयास गरेका थिए। तर यसपटक भने कांग्रेसले एमालेलाई छोडेर अन्य मधेशवादी दलसँग मिलेर सोनललाई नै पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव