अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीलाई भने- आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी राख्दैनौँ « Khabarhub

अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीलाई भने- आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी राख्दैनौँ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताएका छन् । मलेशियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा चिनियाँ समकक्षी डोङ जुनसँगको भेटवार्ताका क्रममा रक्षामन्त्री हेगसेथले यस्तो बताएका हुन् ।

उनले क्षेत्रीय शक्ति सन्तुलनलाई कायम राख्न पनि आवश्यक रहेको टिप्पणी गरे । भेटवार्तामा रक्षामन्त्री हेगसेथले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ गतिविधिप्रति अमेरिका चिन्तित रहेको बताएका थिए ।

उनले अमेरिकाले द्वन्द्व नचाहने पनि स्पष्ट पारे । जवाफमा चिनियाँ रक्षामन्त्री डोङले अमेरिकालाई बचन र व्यवहारमा सावधानी अपनाउन आग्रह गरेको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

खासगरी ताइवानका विषयमा अमेरिकाले यस्तो सावधानी अपनाउनुपर्ने मन्त्रीको भनाइ छ । उनले अमेरिकालाई ताइवानको स्वतन्त्रताविरुद्ध स्पष्ट अडान लिन पनि हेगसेथलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ३३ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ