पहिलो क्वालिफायरमा सन्दीप र दीपेन्द्रको भिडन्त « Khabarhub

एनपीएल

पहिलो क्वालिफायरमा सन्दीप र दीपेन्द्रको भिडन्त

कुन खेलाडीको प्रभाव कति ?


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । मङ्गलबार पहिलो क्वालिफायरमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । मङ्गलबारको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी भिड्दैछन् ।

क्वालिफायर खेलमा दुवै टोलीका प्रमुख खेलाडीहरूको व्यक्तिगत प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण बन्ने देखिएको छ । लिग चरणभर उत्कृष्ट लय देखाएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सका स्टार खेलाडीहरूले क्वालिफायर जस्तो दबाबयुक्त खेलमा टोलीलाई जिततर्फ डोर्‍याउने मुख्य जिम्मेवारी बोकेका छन् । ब्याट र बल दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीहरूको फर्मले नै खेलको नतिजा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिममा प्रभाव पार्ने खेलाडी ?
सुदूरपश्चिम रोयल्सका लागि यो सिजन सिनियर खेलाडी विनोद भण्डारी फेरि एकपटक भरोसायोग्य ब्याट्सम्यानका रूपमा प्रस्तुत भएका छन् । प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याटरहरूको सूचीमा शीर्ष पाँचभित्र रहेका उनले ७ खेलबाट ३३.५० को औसतमा २०१ रन जोडिसकेका छन् । यस अवधिमा उनले एक अर्धशतक प्रहार गरेका छन् भने अविजित ६९ रन उनको उच्च स्कोर बनाएका छन् । आक्रामक र संयमित दुवै शैली देखाएका भण्डारीले २० चौका र ६ छक्का प्रहार गर्दै १०८.६४ को स्ट्राइक रेट कायम राखेका छन् ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ७ खेलबाट १६० रन जोड्दै दोस्रो सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १४६ रन योगदान दिएका छन् भने आक्रामक ब्याटर क्रिस लिनले १४३ रन प्रहार गर्दै शीर्ष क्रमलाई मजबुत बनाएका छन् ।

बलिङतर्फ सुदूरपश्चिमको आक्रमणको नेतृत्व अविनाश बोहराले गरिरहेका छन् । उनले ७ खेलमा १२.२८ को औसतमा १४ विकेट लिँदै टोलीका प्रमुख विकेट टेकर बनेका छन् । ७.८१ को इकोनोमीसहित ३० रन खर्चेर ४ विकेट लिएको उनको प्रदर्शन यस सिजनको उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक मानिन्छ । उनलाई हर्मित सिंहले १० विकेट र स्कट कुगेलाइनले ८ विकेटसहित राम्रो साथ दिएका छन् ।

विराटनगरमा प्रभाव पार्ने खेलाडी ?

विराटनगर किङ्ग्सतर्फ कप्तान सन्दीप लामिछानेले ७ खेलबाट सर्वाधिक १५ विकेट लिँदै टोलीको बलिङ आक्रमणलाई अगाडि बढाएका छन् । मात्र ९.५३ को औसत र ५.१० को उत्कृष्ट इकोनोमीसहित उनले विपक्षी ब्याट्सम्यानलाई निरन्तर दबाबमा राख्दै आएका छन् । ११ रन खर्चेर ४ विकेट लिएको प्रदर्शन सन्दीपको सिजनकै उत्कृष्ट हो ।

सन्दीपलाई बलिङमा मर्चेन्ट डी लाङ ले ८ विकेटसहित राम्रो साथ दिएका छन् भने शुभम् सुवास रन्जानेले ५ विकेट लिँदै आक्रमणलाई सन्तुलित बनाएका छन् ।

ब्याटिङतर्फ विराटनगरका लागि बसिर अहमदले अग्रपङ्तिको जिम्मेवारी सम्हाल्दै ७ खेलबाट १७६ रन जोडेर टोलीका सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । २९.३३ को औसत र १२७.५३ को स्ट्राइक रेटसहित उनको अविजित ६२ रन उच्च स्कोर हो । त्यस्तै, लोकेश बमले समान ७ खेलबाट १६५ रन प्रहार गरेका छन् ।उनले एक खेलमा ७२ रन उनको उच्च स्कोरसमेत बनाए ।

अनुभवी अन्तर्राष्ट्रिय स्टार मार्टिन गप्टिलले चार खेलबाट १२१ रन जोड्दै अनुभवको छाप छाडेका छन् भने पछिल्लो खेलमा फाफ डुप्लेसिसले अर्धशतक प्रहार गर्दै महत्वपूर्ण समयमा उनको भूमिकालाई प्रष्ट्याएका छन्।

पहिलो क्वालिफायरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम सिधै फाइनल पुग्नेछ । समूह चरणको अन्तिम खेलमा विराटनगरसँग पराजित भएको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा बदला लिने रणनीति बनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ०५ बजे

शंकर पोखरेल : जबजका व्याख्याता, एमालेभित्रका समन्वयकारी नेता

नेपालको वामपन्थी आन्दोलनमा स्थापित नाम हो–शङ्कर पोखरेल । विद्यार्थी कालदेखिकै

खैरो हिरोइनसहित आठ जना पक्राउ

चितवन– लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ

जेन-जीसँग सरकारको सम्झौता : भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने

काठमाडौं- जेन-जी जनआन्दोलनकारी र अन्तरिम सरकारबीच बुधबार १० बुँदे सम्झौतामा

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार