यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू) « Khabarhub

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ । यसलाई काम नलाग्ने वस्तुको रुपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।

कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल’ परियोजना सञ्चालनमा ल्याइएको हो ।

यो कामका लागि सुरुमा पत्रिका सङ्कलन गरिन्छ र आवश्यकता अनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकै पटक १०–१५ वटासम्म बनाउन सकिन्छ ।

लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन । सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ ।  यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।

उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री  रहेको छ । यसले गर्दा पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा टेवा पुगेको छ ।

महानगरले स्थानीय उत्पादनलाई  प्राथमिकता राखी उद्यमीलाई  प्रोत्साहन दिने जस्ता योजना  बनाउनुपर्छ । युवाहरूलाई स्वदेशमै रोक्न यसले सहयोग पुग्ने उनको भनाइ छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ५१ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत