नयाँ दलको चुरीफुरी : हल्लिएला कांग्रेस-एमालेको जग ? « Khabarhub

नयाँ दलको चुरीफुरी : हल्लिएला कांग्रेस-एमालेको जग ?

‘हेट स्पीच’ र ‘अटेन्सन सिकर’ हावी



काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १४३ दल दर्ता भएका छन्। त्यसैमध्ये यसपटक २७ वटा नयाँ दल दर्ता भएका छन्। जेन–जी आन्दोलन पश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनमा पुरानादेखि नयाँ दल चुनावमा भाग लिन उत्साहित भएर लागेका छन्।

पुराना दललाई अब आउनै नसक्नेगरी चुनावमा हराउन नयाँ दलहरु लागिपरेका छन्। विशेषतः पुराना दलहरु भनेको नेपाली कांग्रेस र एमाले पार्टी अब सरकारमा आउनु हुँदैन भन्ने नयाँ दलहरुको दाबी छ। वर्षौ वर्ष सरकारमा बसेर यी पार्टीले देश लुटेको आरोप छ। नातावाद र कृपावादमा चलेका पार्टीले कहिले देश र जनताको लागि काम नगरेको भन्दै नयाँहरुले अब परिवर्तनको लागि हातेमालो गर्नसमेत आह्वान गरिरहेका छन्।

पुराना दलको ‘सिण्डीकेट’ तोड्नुपर्छ भनेर वैकल्पिक पार्टीको रुपमा विवेकशील पार्टीको स्थापना भयो। तर अत्यन्त आदर्शवादी नाराको साथमा चुनावमा भिडेको विवेकशीललाई जनताले पत्याएनन्। त्यसपछि पत्रकारिताको लोकप्रियतालाई क्याच गर्दै रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत चुनाव लडे। उनको पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट सुरक्षित गर्यो।

नातावाद र कृपावादमा चलेका पार्टीले कहिले देश र जनताको लागि काम नगरेको भन्दै नयाँहरुले अब परिवर्तनको लागि हातेमालो गर्नसमेत आह्वान गरिरहेका छन्।

जेन–जी आन्दोलनलाई समर्थन गर्दै आएको रास्वपा यतिबेला सबैतिर तितरवितर पार्टी मिलाएर चुनाव लड्ने तरखरमा छ। सहकारी ठगी मुद्दामा थुनामा रहेका पार्टी सभापति विभिन्न व्यक्तित्व तथा पत्रकारलाई भेटेर एकमुष्ट चुनाव लड्ने सन्देश पठाइरहेका छन्। थुनामै बसेर उनले चुनावी माहौल बनाउने कोशिस गरिरहेका छन्। तर नयाँ दलहरुले विभिन्न माग राखेपछि लामिछानेको पार्टीले सोचे अनुरुप संगठन बनाउन सकिरहेको छैन।

रास्वपासँग मिलेर चुनाव लड्ने चर्चा चले पनि कुलमान घिसिङले ‘उज्यालो नेपाल’ दर्ता गरेका छन्। उनले रास्वपामा दुई सभापति राख्ने, एकमा आफू र ५० प्रतिशत आफ्नो मान्छे नेता हुनुपर्ने माग राखेका थिए। तर रास्वपाले उनको माग स्वीकारेन।

दल दर्ता गरेसँगै घिसिङले समग्र देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा आउन खोजेको बताएका छन्। ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको बताए।कहिले दुई नम्बरमा बस्न नरुचाउने रवि र कुलमानको तादाम्य मिल्न सकेन।

दल दर्ता गरेसँगै घिसिङले समग्र देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा आउन खोजेको बताएका छन्। दुई नम्बरमा बस्न नरुचाउने रवि र कुलमानको तादाम्य मिल्न सकेन।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राजनीतिक परिभाषा बदल्ने संकल्प लिएर उदाएका नेता हुन्। माटोसँग जोडिन मन पराउने साथै, लामो समय धरानको खानेपानी समस्यालाई श्रमदानमार्फत् सफल बनाउन सफल हर्कले ‘श्रमसंस्कृति पार्टी’ दर्ता गरेका छन्।

उनको पार्टीको मूल सिद्धान्त नै ‘हर्कवाद’ रहेको छ। हर्कवादको व्याख्या गर्दै उनले भनेका छन्– ‘प्रकृति, संस्कृति ंर प्रविधिको सन्तुलन समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ। श्रमदानको नीति र निरन्तर अभ्यासले अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ। देशको ढुङ्गा र माटोमा श्रम रोपेर देशको स्वाधिनता, सम्प्रभुता, समृद्धि, सुख र खुसी सहितको सुनौलो भविष्यका फलाउने सूत्र हो हर्कवाद।’

म आफै प्रधानमन्त्री बन्ने हो, मसँग त्यो दम छ भन्दै हर्कले कुलमान र रिमाको फोटो सञ्जालमा सेयर गर्दै लेखेका छन् – ‘गर्नु केही छैन, आस गर्छन् नेपाली। खाउ तिमी पनि सित्तैको मन्त्री अब, लुट सबै मिलेर नेपाल।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकीकरण भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण भयो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल र वामदेव गौतमसँग मिल्न गएर जनार्दन शर्माले छुट्टै दल दर्ता गरे। प्रचण्डसँग छुट्टिएर उनले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गरेका छन्।

शर्माले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनःगठन गर्ने बताएका छन्। त्यस्तै उनले ‘प्रचण्ड’ले माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप समेत लगाएका छन्।

कुलमानसँगै सकहार्य गरेर एउटै पार्टीबाट चुनाव लड्ने चर्चासँगै खगेन्द्र सुनुवारले पनि छुट्टै दल दर्ता गरेका छन्। लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गरेका सुनुवारले ‘हाम्रो पार्टी नेपाल’ दर्ता गरेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकीकरण भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण भयो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल र वामदेव गौतमसँग मिल्न गएर जनार्दन शर्माले छुट्टै दल दर्ता गरे।

नेत्रविक्रम चन्दको कम्युनिष्ट पार्टी नेपाल, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी र बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको गतिशील लोकतन्त्र पार्टी दर्ता गरेका छन्। त्यस्तै, नेपालमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ। आयोगमा पहिलोपटक तेस्रोलिंगी अध्यक्ष भएको समावेशी समाजवादी पार्टी दर्ता भएको हो।

नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठित २१ सदस्यीय समावेशी समाजवादी पार्टी सुनिलबाबु पन्तको पहलमा दर्ता भएको हो। सुनिल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो संविधानसभा सदस्य समेत हुन्।

त्यसैगरी महिलाको मात्रै नेतृत्वमा सात वटा दल दर्ता भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) त्यसमा दुई जना महिला दुर्गा सोब र ओजस्वी भट्टराई छन्। श्रृया केसीको नेतृत्वमा नागरिक सेवा पार्टी छ। रुक्मिणी चौधरीले संघीय नेपाल पार्टी हाँकिरहेकी छन्।

राष्ट्रवादी एकता पार्टीको अध्यक्षमा उमा श्रेष्ठ, नेपाल लोकतान्त्रिक पार्टीको अध्यक्षमा गीता क्षेत्री छिन्। रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी र सन्ध्या तिवारीको संयोजकत्वमा जनताको जनवादी पार्टी छ। महिलाको नेतृत्वमा रहेका सातवटा राजनीतिक दलमध्ये ६ वटा दल आगामी २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन्।

सन्ध्या तिवारीको संयोजकत्वको जनताको जनवादी पार्टीले भने निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन। यसैबीच यसरी तितरवितर भएका नयाँ दलले कांग्रेस/एमाले पार्टीलाई टक्कर दिन सक्छ ? भन्ने प्रश्न आउँछ।

कांग्रेस/एमालेको संगठन विस्तार
नेपाली कांग्रेस र नेकपा (एमाले) नेपालमा स्थापित सबैभन्दा पुरानो दल हुन्। यी दुवै दल वि.सं. २००६ मा स्थापना भएको हो। नीति र सिद्धान्त फरक भए पनि यी दल जहानियाँ राणा शासन, ३० वर्षे पञ्चायती तानाशाही र निरकुंश राजतन्त्र विरुद्ध यी दलले सघंर्ष गर्दै आए। आजको गणतन्त्र स्थापनाको लागि कांग्रेस र एमालेका कार्यकर्ता सहिद भए।

पुराना दलको हिसाबले यी दलको संगठन विस्तार माथिदेखि तल वडासम्म रहेको छ। वडास्तरमा विभिन्न भातृ तथा शुभेच्छुक समिति गठन गरेका छन्। संगठन विस्तार अन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान संघ तथा टोल कार्यसमिति क्रियाशील छन्।

१४ औं महाधिवेशनमा कांग्रेसले देशभर आठ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको थियो। विदेशस्थित जनसम्पर्क समितिबाट समेत आउँदा कांग्रेसमा ९ लाख बढी सदस्य छन्।

त्यस्तै एमालेमा पनि पार्टी संगठनलाई सुदृढ एवं चलायमान बनाउन प्रशिक्षण कार्यक्रम चलिरहेको छ। उसले सातै प्रदेश, जिल्ला र पालिका हुँदै वडा केन्द्रित कार्यक्रम चलाउँदै आएको छ। पार्टी कमिटीका विभिन्न अधिवेशन गराएर पार्टीमा नेता कार्यकर्ता व्यवस्थापन गर्दछ। पालिका, वडा, टोल र प्रारम्भिक अधिवेशन गर्दछ।

फरक–फरक समयमा कांग्रेस र एमालेले नै देशको राज्यसत्ता सञ्चालन गर्दै आइरहेका छन्। कांग्रेसले लोकतन्त्र विचार धारा र एमालेले कम्युनिष्ट साम्यवादलाई अवलम्बन गर्दै आएका छन्। तर रास्वपासँगै अहिले उदाउन कोशिस गरेका दलको धार कुन हो ? भन्ने पनि स्पष्ट छैन।

पार्टीसम्वद्ध विभिन्न जनसंगठनको निर्माण गरेको छ। एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ। २०७९ को चुनावमा कांग्रेस ८९ सिटसहित सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो। साथै, एमालले ७८ सिट जित्न सफल भएको थियो।

फरक–फरक समयमा कांग्रेस र एमालेले नै देशको राज्यसत्ता सञ्चालन गर्दै आइरहेका छन्। कांग्रेसले लोकतन्त्र विचार धारा र एमालेले कम्युनिष्ट साम्यवादलाई अवलम्बन गर्दै आएका छन्। तर रास्वपासँगै अहिले उदाउन कोशिस गरेका दलको धार कुन हो ? भन्ने पनि स्पष्ट छैन। घोषणापत्र पनि ल्याउन नसकेको अवस्थामा कांग्रेस र एमालेलाई नयाँ दलले चुनावमा हराउन सक्लान् ? भन्ने गम्भीर प्रश्न उठेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : १४ बजे

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ

एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ?

काठमाडौं– पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।