एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका « Khabarhub

एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका

सर्वाधिक छक्का वाटले हिर्काउँदा, रोसिङ्टनले बनाए चौकाको रेकर्ड


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले सर्वाधिक चौका र छक्का प्रहार गरेका छन्। कर्णाली याक्सका मार्क वाटले सर्वाधिक २१ वटा छक्का हिर्काउँदा १३ वटा चौका प्रहार गरेका छन्। सात खेल खेल्दा वाटले एक शतकसहित र एक अर्धशतकसहित २४६ रन बनाउँदा २१ छक्कार १३ चौका हिर्काएका हुन्।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले १९ छक्का प्रहार गरेका छन्। छक्का प्रहार गर्ने खेलाडीको सूचीमा वाट पहिलो नम्बरमा छन् भने रोसिङ्टन दोस्रो स्थानमा छन्।

रोसिङ्टनले यो सिजनका सात खेलमा ३१ वटा चौका प्रहार गरेका हुन्। उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचीमा भने पहिलो नम्बरमा छन्। सात खेल खेल्दा रोसिङ्टनले एक शतक, दुई अर्धशतकसहित ३२३ रन बनाउँदा ३१ चौका र १९ छक्का प्रहार गरेका हुन्।

चितवनका रवि बोपाराले १३ वटा छक्का हिर्काउँदा १२ वटा चौका प्रहार गरेका छन्। सात खेल खेलेका बोपाराले २३७ रन बनाउँदा १२ चौका र १३ छक्का हिर्काएका हुन्। सर्वाधिक रनको सूचीको चौथो र पाँचौ स्थानमा रहेका रोहितकुमार पौडेल र विनोद भण्डारीले बाउन्डी भने कम हिर्काएका छन्। रोहितले २०८ रन बनाउँदा १३ चौका र पाँच छक्का प्रहार गरेका छन्। २०१ रन बनाउँदा विनोद भण्डारीले भने २० चौका र ६ छक्का प्रहार गरेका छन्।

यो सिजन अब रोसिङ्टन, वाट र बोपाराको टिम पोखरा, कर्णाली र चितवन यो सिजनबाट बाहिरिसकेका छन्। अब रन र बाउन्ड्रीको संख्या लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका विनोद भण्डारीको बढ्नेछ।

रोहितको नेतृत्वको टिम लुम्बिनी इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ। सुदूरपश्चिमले भने पहिलो क्वालिफायरमा आज विराटनगरसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो क्वालिफायरमा पराजित टिमले तोस्रो क्वालिफायरमा विजयी टिमसँग प्रतिस्पर्धा गर्नैछ। दोस्रो क्वालिफायरमा विजयी टिममात्र पहिलो क्वालिफायरबाट फाइनल पुगेको टिमसँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ०७ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास