कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज « Khabarhub

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकलाई उत्पादन बिक्री गर्न सहज भएको छ ।

केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ । उपभोक्ताले पनि सस्तो मूल्यमा कृषिजन्य उपज उपभोग गर्न पाएको बताएका छन् ।

जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्रमै ल्याउन थालेको स्थानीय सरिता खड्काले बताइन् ।

घोराही उपमहानगरपालिका– २ रामपुरका  किसान अमर चौधरीले पनि अन्यत्रभन्दा केन्द्रमा सस्तोमा तरकारी पाइने बताए । चौधरीले अहिले १० कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा केन्द्रमा ५–१० रुपैयाँ बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिजनमा तरकारीले मूल्य पायो भने मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी गर्न सकिने उनले बताए । उनले कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको बताए ।

घोराही उपमहानगरपालिका– ७ का सृजना चौधरीले आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताइन् । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उनी बताउँछन् । कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनको अनुभव छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमा किसानले हरेक दिन १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा तरकारी बिक्रीका लागि राख्ने गर्छन् ।

घोराही उपमहानगरपालिका– १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकोमा अहिले भने सहज भएको बताए । (रासस)

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन