काठमाडौं– आज डिसेम्बर ९, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । सो अवसरमा ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले राजधानीको गौशाला चोकमा भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका लागि विभिन्न प्लेकार्डहरु प्रदर्शनी गरेका छन् ।
नेपाल भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको अवस्थामा रहेको छ ।
भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवम् तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनल लगायत संस्थाहरूले औँल्याउँदै आएका छन् ।
विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०० मा ३४ अंक पाएर १०७ औँ स्थानमा रहेको छ, भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गत वर्ष सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।
गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया