सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की « Khabarhub

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छन् ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेन-जी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरूले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएकी हुन् । 

‘जेन-जीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्’, प्रधानमन्त्री कार्कीले भनिन् । 

उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरू नडराउने बताइन्  । 

सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरिन् । 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ०७ बजे

सर्वोच्चले गर्‍यो ओलीलाई छाड्न अस्वीकार, सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रहरीको भूमिकामा कुनै हस्तक्षेप नहुने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका