एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी « Khabarhub

एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई निम्ता दिन नेताहरू दौडधुप गरिरहेका छन् । 

महाधिवेशनको निम्तो दिनका लागि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेता महेश बर्तौला र एमाले सचिव रघुवीर महासेठ पुगेका छन् । सभापति देउवाले निम्तो पाएपछि स्वास्थ्यले साथ दिए सकेसम्म महाधिवेशन उद्घाटन सत्रमा उपस्थित हुने वचन दिएका छन् । 

स्रोतका अनुसार देउवा एमालेको उद्घाटन सत्रमा नपुगे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरिरहेको बुझिन्छ । 

नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिरका अन्य दलहरूलाई पनि पार्टी महाधिवेशनको निम्तो दिइरहेको छ । यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुनका लागि निम्तो दिने एमालेको तयारी छ। 

अन्य पुराना सम्पूर्ण दलहरूलाई महाधिवेशनमा उपस्थित हुने निम्तो दिए पनि नयाँ दलहरूलाई भने निम्तो नदिने बताइन्छ। 

एमाले स्रोतका अनुसार कुलमानको पार्टी उज्यालो नेपाल, हर्कको पार्टी श्रम संस्कृति, जनार्दनको प्रगतिशील समूह लगायतलाई भने एमालेले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुने निम्तो बाँड्ने छैन। 

यस्तै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निम्तो दिने एमालेको तयारी छ। 

नेताहरूका अनुसार नेकपालाई निम्तो दिन प्रचण्डलाई बर्तौला र महासेठको टिमले नै भेट्ने बुझिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ३९ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा