इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न, लेनिसा घिमिरेलाई छात्रवृत्ति « Khabarhub

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न, लेनिसा घिमिरेलाई छात्रवृत्ति


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटहरीको सोल्टी वेस्टेन्डमा इटहरी इन्टरनेशनल कलेजले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।

कार्यक्रममा बीएससी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनका स्नातकहरूले सहभागिता जनाए।

कार्यक्रममा अभिभावक, शिक्षक र कलेज प्रशासन उपस्थित थिए । समारोहमार्फत् स्नातकहरूको मिहिनेत, उपलब्धि र उनको आगामी योजनाबारे चर्चा गरे ।

यस वर्ष उत्कृष्ट विद्यार्थीको रूपमा लेनिसा घिमिरेले आईएनजी छात्रवृत्ति पाइन। कलेजका अनुसार यो छात्रवृत्ति विद्यार्थीको निरन्तर प्रयास, नेतृत्व क्षमताको मूल्यांकन र शैक्षिक प्रदर्शनका आधारमा प्रदान गरिएको हो।

आईएनजी कलेज समूहले उनीहरूको अघि बढ्ने यात्रामा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रममा आईएनजीका संस्थापक तथा अध्यक्ष शुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका शैक्षिक प्रतिनिधिसहित विशिष्ट पाहुनाको उपस्थिति थियो।

अध्यक्ष बुढाथोकीले हरेक स्नातकलाई बधाई दिँदै मेहनत, धैर्य र समर्पण नै उनीहरूको सफलताको कारण भएको बताए।

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिस्टोफर लेनले दुवै संस्थाबीचको साझेदारी र विद्यार्थीहरूको प्रगतिप्रति खुशी व्यक्त गरे।

कलेजले दीक्षान्त समारोहलाई आफ्नो वार्षिक शैक्षिक क्यालेन्डरको महत्वपूर्ण हिस्सा बताउँदै भविष्यमा पनि गुणस्तरपूर्ण शिक्षामा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : २१ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय