इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न, लेनिसा घिमिरेलाई छात्रवृत्ति « Khabarhub

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न, लेनिसा घिमिरेलाई छात्रवृत्ति


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटहरीको सोल्टी वेस्टेन्डमा इटहरी इन्टरनेशनल कलेजले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ।

कार्यक्रममा बीएससी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनका स्नातकहरूले सहभागिता जनाए।

कार्यक्रममा अभिभावक, शिक्षक र कलेज प्रशासन उपस्थित थिए । समारोहमार्फत् स्नातकहरूको मिहिनेत, उपलब्धि र उनको आगामी योजनाबारे चर्चा गरे ।

यस वर्ष उत्कृष्ट विद्यार्थीको रूपमा लेनिसा घिमिरेले आईएनजी छात्रवृत्ति पाइन। कलेजका अनुसार यो छात्रवृत्ति विद्यार्थीको निरन्तर प्रयास, नेतृत्व क्षमताको मूल्यांकन र शैक्षिक प्रदर्शनका आधारमा प्रदान गरिएको हो।

आईएनजी कलेज समूहले उनीहरूको अघि बढ्ने यात्रामा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

कार्यक्रममा आईएनजीका संस्थापक तथा अध्यक्ष शुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका शैक्षिक प्रतिनिधिसहित विशिष्ट पाहुनाको उपस्थिति थियो।

अध्यक्ष बुढाथोकीले हरेक स्नातकलाई बधाई दिँदै मेहनत, धैर्य र समर्पण नै उनीहरूको सफलताको कारण भएको बताए।

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिस्टोफर लेनले दुवै संस्थाबीचको साझेदारी र विद्यार्थीहरूको प्रगतिप्रति खुशी व्यक्त गरे।

कलेजले दीक्षान्त समारोहलाई आफ्नो वार्षिक शैक्षिक क्यालेन्डरको महत्वपूर्ण हिस्सा बताउँदै भविष्यमा पनि गुणस्तरपूर्ण शिक्षामा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : २१ बजे

मोरङको चिसाङ घाटमा अंशु गौतमको दाहासंस्कार

मोरङ- जिल्लाको लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार गरिएको छ

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजेरियाको एक विद्यालयमा

सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश गर्न समझदारी

काठमाडौं– सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार तथा उद्योग व्यवसाय क्षेत्रलाई

खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान

भक्तपुर– जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स