मोरङको चिसाङ घाटमा अंशु गौतमको दाहासंस्कार « Khabarhub

मोरङको चिसाङ घाटमा अंशु गौतमको दाहासंस्कार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

मोरङ- जिल्लाको लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार गरिएको छ । उनलाई मंगलबार दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागी भए ।

उनलाई परिवारजनका सदस्यले दागबत्ती दिए । अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष लगायत जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण सहभागी भए ।

मंगलबार बिहानैदेखि अन्तिम दिनेहरूको भीड देखिन्थ्यो । असोज २३ गतेदेखि हराएकी अंशुको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

लामो अनुसन्धानपछि प्रहरीले अंशुको छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएको थियो । उक्त घटनामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिएको छ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म परिवारजनले शव बुझेका थिएनन् । उक्त घटनामा संलग्नलाई पक्राउ गरेपछि शव बुझेर दाहासंस्कार गरिएको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ०३ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने