काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले विराटनगर किङ्ग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका विनोदले ४४ बलमा ३ चौका र १ छक्काको सहयोगमा अर्धतशक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।
लिग चरणको खेलमा उनले लुम्बिनी लान्यसविरुद्ध अविजीत ६९ र बनाएका थिए । यही खेलमा उनले सिजनमा व्यक्तिगत पहिलो अर्धशतक बनाएका हुन् । खेल १५ ओरभमा पुग्दा सुदूरपश्चिम ४ विकेटको क्षतिमा १०४ रनको अवस्थामा छ ।













प्रतिक्रिया