रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा « Khabarhub

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहितको यस बीएि भीआई नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो ।

नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन् । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन्- रियोका सेता तट, लन्डनका राताका ‘ब्रिक लेन’ र टोकियो का रातो–कालो शहरी सडकका ग्रेफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार यस संस्करणमा स्लिप असिस्ट क्लच जडान गरिएको छ जुन ३५०–सिसी मोडेलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । 

साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, डुअल च्यानल एबीएस, एलईडी हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भन्छन्, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।’

नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य यसप्रकार रहेको छ ।

·         सिंगल टोन: रियो ह्वाइट, ड्यापर ग्रे र ग्रेफाइट ग्रे-रु,९४,९००

·        दोहोरो टोन: टोकियो ब्ल्याक, लन्डन रातो र निलो- रु,९९,९००

कम्पनीले देशभरका आफ्ना शोरुममा बुकिङटेस्टराइडखुला रहेको जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ५४ बजे

प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना