अर्थसंक्षेप : ठेकेदारले समयमा काम नगर्दा समस्या भयो, ७ अंकले बढ्यो नेप्से र १५६ करोड डलर घुस लिएको आरोपमा पूर्ववरिष्ठ ‘बैङ्कर’लाई चीनमा मृत्युदण्ड « Khabarhub

अर्थसंक्षेप : ठेकेदारले समयमा काम नगर्दा समस्या भयो, ७ अंकले बढ्यो नेप्से र १५६ करोड डलर घुस लिएको आरोपमा पूर्ववरिष्ठ ‘बैङ्कर’लाई चीनमा मृत्युदण्ड


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

७ अंकले बढ्यो नेप्से, अधिकांश कम्पनीको बढ्यो सेयर मूल्य

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सुधार हुँदा १४८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य

नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल सेवा पनि भित्रियो र यसको आवश्यकतासँगै एनसेलले पनि दूरसञ्चारको संवाहक बनेर सेवा दिन थालेको दुई दशक भइसकेको छ ।

मोबाइल सेवा अहिले हरेक उपभोक्ताका लागि आधारभूत आवश्यकता बनेको छ । अहिले ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा मोबाइल सेवा पुगेको छ ।

पछिल्ला दुई दशकमा सामाजिक र आर्थिक रूपमा जे जति विकास भएका छन्, त्यसमा टेलिकम कम्पनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान विशेष छ। समाजलाई आजको डिजिटल युगमा रूपान्तरण गर्नका लागि टेलिकम सेवाप्रदायकले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मोबाइल इन्टरनेटमार्फत कम्पनीहरूले समावेशी र डिजिटल अर्थतन्त्रको विकासमा ठूलो योगदान दिइरहेका छन् ।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५५ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले